४ कार्तिक २०८३, बुधबार

ड्राइभरले ‘स्पीड’मा चलाउँदा ब्रेक नलागेर बस पल्टियो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bus-accident-Dhadingलहान, २१ वैशाख । पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको बडहरामालस्थित सडकमा आज बिहान यात्रुबाहक बस पल्टिँदा १५ जना घाइते भएका छन् ।

दाङबाट यात्रु लिएर विराटनगर आउँदै गरेका ना५ख ५४६४ नम्बरको रात्रि बस बिहान ५ बजे बडहरामाल–५ स्थित बस्तीपुर चोकमा अनियन्त्रित भई पल्टिँदा बसमा सवार १५ जना घाइते भएका हुन् ।

घाइते यात्रुको कर्जनहास्थित अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी निरीक्षक हरि खतिवडाले जानकारी दिनुभयो ।

बस प्रहरीको नियन्त्रणमा रहेको छ । बसका चालक फरार रहेकाले खोजी भइरहेको प्रहरी निरीक्षक खतिवडाले बताउनुभयो । रासस