४ कार्तिक २०८३, बुधबार

भूकम्पमा परी निधन भएका पत्रकार भोम्जनको परिवारलाई थाहा मिडियाले तीन लाख दिने

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

suman-vomjonकाठमाडौँ, २१ वैशाख । एबिसी टेलिभिजन र रेडियो थाहा सञ्चारको सञ्चालक समूह थाहा मिडिया समूहले गोरखापत्रका खेलपत्रकार सुमन भोम्जनको परिवारलाई रु तीन लाख सहयोग गर्ने भएको छ ।

यही वैशाख १२ गते गएको भूकम्पमा परी पत्रकार भोम्जनको महाबौद्धस्थित डेरामा पुरिएर निधन भएको थियो । भूकम्पले उहाँको मकवानपुरमा रहेको घरमा समेत क्षति भएको थियो ।

भोम्जनको निधनले नेपालको खेल पत्रकारिताले एक कुशल व्यक्ति गुमाएको भन्दै समूहले उहाँको परिवारलाई सो सहयोग गर्न लागेको जनाएको छ ।

समूहका अध्यक्ष अस्मिता सुमार्गीले आज जारी गर्नुभएको विज्ञप्तिमा सहयोग रकम केही दिनभित्रै भोम्जनको परिवारलाई प्रदान गरिने उल्लेख छ । रासस