४ कार्तिक २०८३, बुधबार

विवाह हेर्न गएकी ९ वर्षीय बालिकालाई नदीमा लगेर बलात्कार

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sex-crime– विनोदबाबु विष्ट
महेन्द्रनगर, २१ वैशाख । कञ्चनपुरमा ९ वर्षीय बालिका बलात्कारको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
बलात्कारको आरोपमा भीमदत्त नगरपालिका १५ का राजु चुनारालाई प्रहरीले सोमबार पक्राउ गरेको हो ।

चुनाराले बिहीवार विवाहमा गएका बेला झलारी पिपलाडी नगरपालिका वडा नम्वर ३ खजुवाकी ९ वर्षीय बालिकालाई बलात्कार गरेका थिए ।

३० वर्षीय चुनाराले बालिकालाई फकाएर बिहीवार साझ ५ बजेतिर झलारी पिपलाडी ३ स्थित सुनबरा नदी किनारमा लगेर बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ ।

बलात्कार गर्ने युवकलाई जवरजस्तीकरणी मुद्दा अन्तर्गत कारवाही प्रक्रिया अगाडी बढाइएको कञ्चनपुर प्रहरी प्रवक्ता डिएसपी अभिनारायण काफ्लेले बताए ।