२९ आश्विन २०८३, बिहिबार

केजरीवालका नेताले विवाहित महिला कार्यकर्तासँग अवैध सम्बन्ध राखेको खुलासा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kajeriwal-kumar

नयाँदिल्ली । भारतमा नौलो काम गरेर चर्चामा आएको आम आदमी पार्टी पछिल्लो समय संकटमा परेको छ ।

विधानसभा निर्वाचनमा ९९ प्रतिशत बहुमत प्राप्त गरेर दिल्लीमा सरकार चलाइरहेका आम आदमी पार्टीका संयोजक अरविन्द केजरीवाल पनि पार्टीकै कारण संकटमा परेका छन् ।

भर्खरैमात्र आफ्नै पार्टीका नेतालाई निकाष्शित गरेका केजरीवालको आम आदमी फेरि विवादमा आएको छ । आपका वरिष्ठ नेता कुमार विश्वासले पार्टीकै विवाहित महिलासँग अवैध शारीरिक सम्पर्क राखेको खुलासा भएपछि आपमाथि भारतमा प्रश्न चिन्ह खडा भएको छ ।

जनताको पार्टी भनेर चिनिएको आपमा केही दिन अघि भष्ट्राचारको आरोप लागेका नेतालाई निष्काशित गरिएको थियो । त्यसको एकहप्ता नबित्दै वरिष्ठ नेता विश्वासले आफ्नै कार्यकर्तासँग सम्बन्ध राखेको खुलासा भएको हो ।

यो खुलासा पार्टीकी विवाहित महिला कार्यकर्ताले गरेकी हुन् । उनले भनेकी छिन्-‘घरमा बोलाएर मेरो हात समात्यो, त्यसपछि आफ्नो कोठामा लगेर मसँग सम्बन्ध राख्यो । पार्टीको वरिष्ठ नेता भएकाले मैले प्रतिकार गर्न सकिन् ।’

ति महिलाका पतिले उनलाई घरबाट निकालेपछि यो घटना सार्वजनिक भएको हो । ति महिलाले नेताले आफ्नो यौन शोषण गरेको भन्दै भारतको महिला आयोगमा पनि उजुरी हालेकी छिन् ।

आपका वरिष्ठ नेता विश्वासलाई मंगलबार महिला आयोगले स्पष्टीकरण सोध्न बोलाएको छ । ति महिलाले यौन शोषण गरेको उजुरी पार्टीका संयोजक तथा दिल्लीका मुख्यमन्त्री केजरीवाललाई जानकारी गराएकी छिन् ।

यस विषयमा केजरीवालले केही बोलेका छैनन् । आपका वरिष्ठ नेता विश्वासले अवैध सम्बन्ध राखेको स्वीकार गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

यसरी एकपछि अर्काे नेता कुनै न कुनै गलत कार्यमा लाग्न थालेपछि आम आदमी पार्टी अहिले संकटमा परेको हो । आपका संयोजक केजरीवालले २०१४ मा दिल्लीमा गरेको प्रगतिबाट प्रभावित भएर ति महिला पार्टीमा सक्रिय कार्यकर्ता भएर राजतीनि सुरु गरेकी थिईन् ।एजेन्सी