४ कार्तिक २०८३, बुधबार

चौँरीगाई चराउन जङ्गल गएकी गर्भवती महिलाको दश दिनपछि उद्धार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

pregnancyचरिकोट, २१ वैशाख । चौँरीगाई चराउन जङ्गल गएकी एक गर्भवती महिलाको विनाशकारी भूकम्प आएको दश दिनपछि उद्धार गरिएको छ ।

गौरीशङ्कर गाविसकी ती गर्भवती महिलाको नेपाली सेनाको हेलिकप्टरबाट आज उद्धार गरिएको हो । जङ्गलमै अलपत्र परेको खबर पाएपछि चरिकोटस्थित बर्दबहादुर गणका प्रमुख सेनानी विश्वासविक्रम शाह आफै हेलिकप्टरमा गएर उद्धार गरेका थिए । ती महिलाको उद्धार गरी गौरीशङ्कर गाविसको लुमान पुर्‍याइएको प्रमुख सेनानी शाहले जानकारी दिनुभयो ।

“दश दिनदेखि गर्भवती महिला भोकभोकै थिइन्, चारैतीर पहिरो गएकाले निस्किन सकिरहेकी थिइनन्”, उहाँले भन्नुभयो । लुमानमा अलपत्र तीन बालबालिका र ७२ वर्षीया वृद्धाको उद्धार गरेर लप्सी गाविस पु¥याइएको छ । आजै लप्सीबाट एक भारतीय र अर्का बेलायती नागरिकको उद्धार गरी चरिकोट ल्याइएको शाहले बताउनुभयो ।

“लामाबगरमा अलपत्र परेका २४ यार्सागुम्बा संकलकलाई समेत उद्धार गरेका छौँ” उहाँले भन्नुभयो । रासस