४ कार्तिक २०८३, बुधबार

बोनस आउँछ भन्दै एसएमएस पठाउने ३ जना पक्राउ

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

smsकाठमाडौं, २१ वैशाख । नेपालमा गत शनिवार गएको भूकम्पमा नेपाल टेलिकम र एनसेलले निःशुल्क सेवा तथा बोनस पनि दिए ।
त्यही सिको गर्दै गलत एसएमएस पठाएर बोनस पाइने भन्दै ठगी गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्राकृतिक प्रकोपबाट ठुलो जनधनको क्षति भई समाज आतंकित भई रहेको अवस्थामा एनसेलबाट एसएमएस पठाएर बोनस पाइन्छ भन्दै ठगी गर्ने धनुषाका १८ वर्षीया गौरी मगर, २० वर्षीया सिन्धुलीका फुलमाया तामाङ्ग र उदयपुरका २२ वर्षीया राजु मगरलाई अपराध अनुसन्धान महाशाखा हनुमानढोकाले सोमबार पक्राउ गरेको हो ।

उनीहरुलाई राजधानीको मच्छेगाउँबाट पक्राउ गरिएको महाशाखा प्रमुख एसएसपी पुष्कर कार्कीले जानकारी दिनुभयो ।

उनीहरुले नभएको भ्रामक एंव काल्पनिक कुराहरु मोबाईलमा लेखी १५ जनालाई पठाएमा ९०० र २०० बोनस पाइने भन्दै एनसेल सीमबाट एसएमएस गर्न म्यासेज पठाउँदै आएका थिए । उनीहरुले किन यसरी एसएमएस पठाए भन्ने विषयमा थप अनुसन्धान भइरहेको महाशाखाले जनाएको छ ।