महेन्द्रनगर, २१ वैशाख । गत शनिबार गएको भूकम्पबाट पीडित सिन्धुपाल्चोकका बासिन्दालाई राहत सामग्री बाँड्न शिवसेना नेपाल कञ्चनपुरको एक टोली राजधानी काठमाडौं तर्फ लागेको छ ।
कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा संकलन गरिएको राहत सामग्री सोमबार सिन्धुपाल्चोक पठाएको लागेको शिवसेनाले जनाएको छ । शिवसेनाले तीन दिनअघि महेन्द्रनगरको स्मारक नजिकै स्टल स्थापना गरेर भूकम्प पीडितहरुकालागि खाद्यान्न संकलन सुरु गरेको थियो ।
तीन दिनको अवधिमा शिवसेनाले ४२ क्वीन्टल चामल, पौने आठ क्वीन्टल चिउरा, ५८ कार्टुन चाउचाउ, ६० कार्टुन पानी र ९० थान त्रिपाल संकलन गरिएको यूवा अध्यक्ष भगत बस्नेतले जानकारी दिनुभएको छ ।
अध्यक्ष बस्नेतका अनुसार दक्षिण कोरियामा रहेका कञ्चनपुरका यूवाहरुको समुह उल्सान एकता समाजले शिवसेनालाई चिउरा, चाउचाउ र त्रिपाल उपलब्ध गराएको हो ।
महेन्द्रनगरबाट राहत सामग्री काठमाडौंको पशुपतिनाथ मन्दिर परिसरमा शिवसेनाले स्थापना गरेको राहत संकलन स्थलमा पु¥याईने र त्यहाँबाट सिन्धुपाल्चोक लगिने शिवसेना कञ्चनपुरले जनाएको छ ।















प्रतिक्रिया