काठमाडौं, २१ वैशाख । रसुवामा भूकम्पपछिको आएको हिमपहिरोमा पुरिएका पर्यटकको उद्धारको लागि खटिएको नेपाली सेनाको हेलिकप्टर दुर्घटनामा परेको छ ।
रसुवाको धुन्चेमा अवतरणका क्रममा इन्जिनमा प्लास्टिक छिरेर सेनाको एमआइ १७ हेलिकप्टर दुर्घटनामा परेको नेपाली सेनाले जनाएको छ ।
लाङटाङबाट हिम पहिरोमा पुरिएका पर्यटकको उद्धारका लागि नेपाली सेनाको टोली हेलिकप्टरबाट रसुवा पुगेको थियो । हेलिकप्टर दुर्घटनामा भएपनि कुनै मानवीय क्षति नभएको नेपाली सेनाले जनाएको छ । उक्त हेलिकप्टरमा आज प्रधानमन्त्री र राष्ट्रपतिले भूकम्प प्रभावित क्षेत्रको अवलोकन गर्ने कार्यक्रम थियो । हेलिकप्टर दुर्घटनामा परेपछि उनीहरूको भ्रमण स्थगित भएको छ ।
















प्रतिक्रिया