१४ कार्तिक २०८३, शनिबार

भूकम्प पीडितलाई सम्झिएर बुद्ध जयन्ती मनाइँदै, काठमाडौंमा बुद्धको अस्थि धातु प्रदर्शन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Buddha-lordकाठमाडौँ, २१ वैशाख । बौद्धनाथ क्षेत्र विकास समितिले २५५९औँ बुद्ध जयन्तीको अवसरमा आज बौद्धनाथ चैत्यमा बुद्धको अस्थि धातु आज प्रदर्शनमा राखेको छ ।

प्रत्येक वर्ष बुद्ध जयन्तीका दिन सर्वसाधारणको दर्शनका लागि त्यसलाई प्रदर्शनमा राखिन्छ । शाक्यमुनि गौतम बुद्धको अन्त्येष्टिका क्रममा राखिएको अवशेषलाई अस्थि धातु भनिन्छ ।

बौद्ध धर्मावलम्बीले सो वस्तुलाई पवित्र मानेर दर्शन गर्ने गर्दछन् । सर्वसाधारणको सहजताका लागि अस्थि धातुको दर्शन साँझसम्म मिलाइएको छ ।

समितिले यही वैशाख १२ गते गएको भूकम्पका कारण दिवङ्गत भएकाको आत्माको शान्तिको कामना गर्दै आज बौद्धनाथको परिसरमा पाठपूजा लगाएको छ ।

धर्मगुरुबाट पवित्र ग्रन्थको पाठ गर्दै गरिने पूजासमेत साँझसम्म चल्ने समितिका कार्यकारी निर्देशक सम्पूर्णकुमार लामाले जानकारी दिनुभयो ।

उहाँले मानव कल्याणका लागि बुद्धका उपदेश तथा दर्शन उपयोगी रहेको विचार व्यक्त गर्दै बुद्धका शिक्षालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा फैलाउन समितिले विभिन्न कार्य गर्दै आएको बताउनुभयो ।

यसैबीच बुद्ध जयन्तीका अवसरमा आज बौद्धदेखि चुच्चे पार्टीसम्म प्रभातफेरी निकालिएको थियो । रासस