२ कार्तिक २०८३, सोमबार

जेठ १ गतेबाट सम्पूर्ण विद्यालय खुल्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Schoolकाठमाडौं, २१ वैशाख । सरकारले जेठ १ बाट विद्यालय सञ्चालनको तयारी गरेको छ। शिक्षा मन्त्रालयले विद्यालय सञ्चालनको तत्कालीन योजना बनाएर अघि बढ्ने जनाएको छ ।
मन्त्रालय प्रवक्ता हरि लम्सालले मन्त्रालयको शनिबार बसेको सचिवस्तरीय निर्णयबाट जेठ १ देखि बालबालिकालाई विद्यालय ल्याउने वातावरण बनाउन तत्कालीन कार्ययोजना लागु गरिने बताए ।
शिक्षा विभागका निर्देशक खगेन्द्र नेपालका भूकम्पबाट ३६ जिल्लाका सरकारी तथा निजी विद्यालय बढी क्षति भएका छन्। उनका अनुसार ३६ जिल्लाका ७ सय २७ विद्यालय पूर्ण क्षति भएका छन् । साथै, १ हजार ४ सय २० विद्यालय भवन आंशिक क्षति भएका छन्।

दस हजार ८ सय ८५ कक्षाकोठा पूर्ण क्षति भएका छन्। त्यस्तै, ३ हजार १ सय १३ कक्षाकोठा आंशिक क्षति भएको निर्देशक नेपालले जनाए। यसैगरी ३ सय १९ विद्यालय भवन समान्य क्षति भएका छन् भने ७ सय २४ कक्षाकोठा सामान्य क्षति भएको छ। भूकम्पका कारण एक सय ८ विद्यार्थी र २१ शिक्षकको मृत्यु भएको छ।

‘विभागले अस्थायी कक्षाकोठा निर्माण गरी जेठ १ देखि टेम्पोररली लर्निङ सेन्टर (टिएलसी) खडा गरी विद्यालय सञ्चालन गर्ने कार्यक्रम तय भएको छ,’ निर्देशक नेपालले भने, ‘पोसाक,पाठ्यपुस्तक,खाजा,पानी,चर्पीलगायत आधारभूत आवश्यकताको तयारी गरी मात्र विद्यालय सञ्चालन हुनेछ ।’ आजको नागरिक दैनिकमा रुबी रौनियारले समाचार लेखेका छन् ।