२ कार्तिक २०८३, सोमबार

टेलिकमद्वारा दैनिक ४० करोड कल निःशुल्क

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepal Telecomकाठमाडौं, २१ वैशाख । नेपाल दूरसञ्चार कम्पनी (टेलिकम)ले गत शनिबार गएको विनासकारी भूकम्पपश्चात बिहीबार मध्यरातसम्म सबै सेवा निःशुल्क गरेको थियो ।

६ दिनसम्म भ्वाइस, म्यासेज, डाटा तथा अन्तर्राष्ट्रिय सबै सेवा निःशुल्क गरेको कम्पनीको नेटवर्कमा दैनिक ४० करोडभन्दा धेरै कल भएको छ । यो अवधिमा सर्ट म्यासेज सर्भिस (एमएमएस) दैनिक एक करोडभन्दा धेरै भएका आजको कारोबार दैनिकमा खबर छ ।

कम्पनीले दिएको सेवाको मूल्य हिसाब गर्ने हो भने अहिलेसम्म सबै स्वदेशी व्यक्ति वा संस्थाले प्रदान गरेको सहयोगभन्दा बढी रहेको छ । कम्पनीका प्रबन्ध निर्देशक बुद्धिप्रसाद आचार्यले विपद्को अवस्थामा सबै देशवासीलाई आफ्ना आफन्तसँग सम्पर्क गर्न सहज होस् भनेर सबै सेवा निःशुल्क गरिएको बताए ।