२ कार्तिक २०८३, सोमबार

उद्धारका लागि ३४ देशका ४१ सय सैनिक नेपालमा, ३६ वटा कुकुर पनि सँगै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ वैशाख । महाभूकम्पपछि पीडितको उद्धार र खोजका लागि ३४ देशबाट ४१ सय सैनिक नेपाल आएका छन् ।

जसमा ३६ वटा कुकुर लिएर आएका ३६ जना भने आ-आफ्नो देश फर्किसकेका छन् । बाँकी काठमाडौं लगायतका भूकम्प प्रभावित जिल्लामा सक्रिय रहेका छन् ।

सैनिक जनसम्पर्क निर्देशनालयले आइतबार जारी गरेको विज्ञप्ति अनुसार भूकम्पपीडितहरुको खोज र उद्धार कार्यका लागि ३४ मित्र राष्ट्रबाट विभिन्न सामाग्रीलगायत विशेष तालिमप्राप्त ३६ वटा कुकुरसमेत लिई सेनाका चार हजार एक सय नेपालमा आएर उद्धार कार्यलाई तीव्रता दिइरहेका छन् । नयाँ पत्रिका दैनिकमा समाचार छ ।