काठमाडौँ, २१ वैशाख । एउटा बैकले जारी गरेको एटिएम अर्को बैंक तथा वित्तीय संस्थामा प्रयोग गर्दा कुनै शुल्क नलाग्ने भएको छ ।
नयाँ गरिएको व्यवस्थाअनुसार एससिटी कार्ड प्रयोगकर्ताले भिसा कार्ड जारी गर्ने बैंक तथा वित्तीय संस्थाको एटिएम मेसिन प्रयोग गर्दा कुनै शुल्क नलाग्ने आजको अन्नपूर्ण पोस्टमा खबर छ ।
नेपाल बैंकर्स संघका उपाध्यक्ष तथा मेगा बैंकका प्रमुम कार्यकारी अधिकृत अनिल शाहले नेपालमा जारी गरिएको एटिएमबाट पैसा निकाल्दा कुनै शुल्क नलाग्ने बताए ।
भूकम्पका कारण सम्पूर्ण स्थानमा एटिएम मेसिन सञ्चालनमा नआएकाले पैसा निकाल्न राहत दिन एटिएममा कुनै शुल्क नलाग्ने निर्णय गरिएको शाहले बताए ।
शनिबारको भूकम्पका कारण गत साताभर प्रभावित भएका बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालय सञ्चालनमा आउन थालेका छन् ।















प्रतिक्रिया