काँकडभिट्टा, २१ वैशाख । गुडिरहेको बसभित्रै युवतीको बलात्कार भएको छ । भूकम्पको त्रासका कारण काठमाडौंबाट पाँचथरस्थित घर हिँडेकी उनलाई झापामा बस चालक र कन्डक्टरले बलात्कार गरेका हुन् । आजको कान्तिपुर दैनिकमा खबर छ ।
पीडितको उजुरीका आधारमा चालक मेचीनगर ११ का देवेन्द्र घिमिरे र कन्डक्टर भद्रपुर १२ का निमेष खतिवडालाई पक्राउ गरिएको डीएसपी विश्वमणि पोखरेलले जानकारी दिए ।
ना४ख ७२४२ नम्बरको बस झापास्थित चार आली–चन्द्रगडी सडक खण्डको सहीद चोक पुगेपछि उनीहरुले बलात्कार गरेका थिए ।















प्रतिक्रिया