२ कार्तिक २०८३, सोमबार

महाविपत्तिका बेला अर्थमन्त्री विदेशमा घुम्दै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ramsharan-Mahatकाठमाडौं, २१ वैशाख । महाभूकम्पका कारण देश अस्तव्यस्त बनेका बेला अर्थमन्त्री डा रामशरण महत मन्त्रीपरिषदको निर्णयविपरित विदेश भ्रमण गएका छन्।

महत एसियाली विकास बैंक (एडिबी)को वार्षिक बैठकमा भाग लिन शनिबार बिहान अजरबैजान गएका हुन् ।

देश भूकम्पको महासंकटमा फसेका बेला सबै मन्त्री पीडितको उद्धारमा सहभागी हुनुपर्ने भन्दै गत वैशाख १४ गते बसेको मन्त्रीपरिषद् बैठकले मन्त्री, सचिब र सहसचिबलाई तत्काल विदेश नपठाउने निर्णय गरेको नयाँ पत्रिका दैनिकले छापेको छ ।

उनीसँगै अर्थ मन्त्रालयका अन्तराष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका सहसचिव मधुकुमार मरासिनी पनि अजरबैजान गएका छन्।