२ कार्तिक २०८३, सोमबार

भारतीय टिभीहरूको अतिरञ्जित समाचारविरुद्ध ट्वीटर

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

indian-helicopter-nepalकाठमाडौं, २१ वैशाख । भारतीय टिभी च्यानलहरुले नेपालको महाभूकम्पबारे अतिरञ्जित समाचार प्रवाह गरेको विरोधमा सुरु भएको ट्वीटर हयासटयाग ‘गोहोमइन्डियनमिडिया’ एकै छिनमा भाइरल बनेको छ ।

भूकम्पपीडितको उद्धारमा भारतीय मिडियाले व्यवधान खडा गरेको तथा घटनालाई बढाईचढाई गर्ने नाममा मानवीय संवेदनालाई ख्याल नगरेको भन्दै टिभी न्युज च्यानलहरुको आलोचना भएको हो ।

उद्धारका लागि भारतबाट आएको सेनाको हेलिकोप्टरमा पीडितले भारतीय टिभी च्यानलकै कारण सिट नपाएको विषयमा समाचार प्रकाशित भएको कान्तिपुर दैनिकले छापेको छ ।

आइतबार बिहान सुरु गरेको यो अभियान यति चर्चित हुनुपछाडिको रोचक कारण चाहिँ भारतीय दर्शकहरुले नै समर्थन गर्नु हो ।

नेपालमा भारतविरोधी मनोविज्ञान हावी छ भनी भारतीय राजनीति वृत्तले जिकिर गर्दै आए पनि भारतीय मिडियाको आलोचना गर्नेमा नेपालीभन्दा भारतीय नै बढी भेटिएको आइतबारको ट्वीटर ट्रेन्डिङले देखाएको छ ।