४ कार्तिक २०८३, बुधबार

९ दिनमा १३२ पटक भूकम्प गयो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Earthquake-barpakकाठमाडौँ, २० वैशाख । यही वैशाख १२ गते गएको ७.६ रिक्टर स्केलको भूकम्पसँगै त्यसयता नौ दिनमा हालसम्म चार रिक्टरमाथिका १३२ वटा भूकम्पका धक्का महसुस भएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार गत सोमबारपछि हिजो शनिबार सबैभन्दा ठूलो गोरखाको बारपाक केन्द्रबिन्दु भएर ५.१ रिक्टर स्केलको भूकम्प गएको थियो ।

केन्द्रका प्रमुख लोकविजय अधिकारीले आज साँझ ६ः५८ बजे सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ४ रिक्टर स्केलको भूकम्प गएको जानकारी दिनुभयो ।

आजमात्रै चार रिक्टर स्केल माथिका सातवटा भूकम्पका धक्का महसुर भयो भने गएका छन् भने गत शनिबार छ वटा भूकम्प गएका थिए । रासस