४ कार्तिक २०८३, बुधबार

पूर्व युवराज्ञी हिमानी शाहले भूकम्प पीडितका लागि रक्तदान गरिन्

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

himani-sahaकाठमाडौं, २० वैशाख । पूर्व युवराज्ञी हिमानी शाहले भूकम्प पीडितको सहयोगका लागि रक्तदान गरेकी छिन् । काठमाडौंमा आयोजित रक्तदान कार्यक्रममा उनले रक्तदान गरेको निर्मल निवासले जनाएको छ ।

उसो त परोपकारी कार्यमा लागिरहेकी हिमानीले भूकम्प पीडितका लागि आफ्नो ट्रष्टबाट सहयोग गर्ने तयारी गरिरहेको बुझिएको छ । निर्मल निवासका अनुसार हिमानी ट्रष्टबाट पूर्वराजा सहित हिमानीले राहत बाँड्न तयारी गरिरहेका छन् ।

गत शनिवाको भूकम्पले निर्मल निवासमा समेत क्षति पुगेको थियो । आफै संकटमा रहेका बेला पनि पूर्वराज परिवारले विपत्तिमा परेका जनतालाई सहयोग गर्न लागेका हुन् ।