
काठमाडौँ, २० बैशाख । भूकम्प पीडितको उद्दार तथा राहत वितरणका लागि चार वटा अत्याधुनिक अमेरिकी जहाज काठमाडौँ आइपुगेका छन् ।
अवतरणका लागि रनवे आवश्यक नपर्ने भिटिओएल अस्प्रे जहाज आइतबार काठमाडौँ आइपुगेका हुन् । यी जहाज हेलिकप्टर जसरी नै अवतरण गर्न सक्छन् ।
प्रधानमन्त्री सुशील कोइरालासँगको कुराकानी अनुसार अमेरिकी राष्ट्रपति बाराक ओमाबाले यी बिमान पठाएका हुन् । उद्धार र राहत वितरण गर्न यी विमान विश्वमै उत्कृष्ट मानिन्छन् ।



बेलायतका पनि दुई अत्याधुनिक जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिए
यस्तै, नेपालका भूकम्प पीडितको सहयोगका लागि बेलायतले आइतबार अत्याधुनिक हेलिकप्टर काठमाडौं पठाएको छ । राहत पुर्याउन नसकिएको क्षेत्रमा सजिलैसँग राहत सामग्री पुर्याउनका लागि भन्दै बेलायतले ४० टन क्षमताको चिनुक नामक २ वटा अत्याधुनिक हेलिकप्टर काठमाडौं पठाएको हो ।
ति हेलिकप्टरको क्षमता नेपाली सेनासँग भएको हेलिकप्टर भन्दा धेरै हो । सेनाको क्षमता कम भएर राहत वितरण कार्य प्रभावित भएपछि बेलायत सरकारले हेलिकप्टर पठाएको जनाईएको छ ।















प्रतिक्रिया