४ कार्तिक २०८३, बुधबार

युवा सङ्घले सिन्धुपाल्चोकका भूकम्पपीडितलाई राहत पठायो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

youth-force-logoकाठमाडौँ, २० वैशाख । नेकपा (एमाले) निकट युवा सङ्घ नेपालले सिन्धुपाल्चोकका भूकम्पपीडितलाई रु १० लाख बराबरको राहत पठाएको छ ।

सङ्घले आज १०० क्विन्टल चामल, १० क्विन्टल दाल, ३०० लिटर तेल, ५०० जार पिउने पानी तथा एक हजार थान पाल, कम्बल, बिस्कुट, चाउचाउलगायत सामग्री पठाएको हो । सङ्घले महेन्द्र गोल्छा फाउण्डेसनलगायत संस्थाको सहयोगमा त्यहाँ राहत पठाएको हो ।

सङ्घका अध्यक्ष निरु पालको नेतृत्वमा एक टोली आज त्यसतर्फ प्रस्थान गरेको छ । टोलीले सिन्धुपाल्चोकको भोटेचौर, मेलम्चीलगायत गाविसमा राहत वितरण गर्नेछ ।

भूकम्पबाट त्यहाँका सुत्केरी तथा स–साना बालबालिकालाई समस्या परेको छ । सङ्घले भूकम्पपछि पीडितलाई राहत तथा उद्धार गर्न आफ्नो मातहतका सम्पूर्ण कमिटीलाई परिचालन गर्दै आएको छ ।

त्यस्तै, सङ्घले सामाखुसी, नयाँ बसपार्क, गोँगबु क्षेत्रमा पाँच हजार मास्क वितरण, महामारी फैलिन नदिन विभिन्न स्थानमा फिनेल छर्कने, टुँडिखेलको अस्थायी शिविरमा शौचालय निर्माण, बालबालिकाले खाने सेरेल्याक तथा सुत्केरी र अन्य महिलालाई प्याड वितरण गरेको थियो ।

एक साताअघि गएको भूकम्पका कारण त्यहाँ ठूलो धनजनको नोक्सानी भएको र अहिले स्थानीय जनजीवन प्रभावित भएको हुँदा मानवीय सहयोग गर्ने उद्देश्यले सो राहत उपलब्ध गराउन लागेको अध्यक्ष पालले जानकारी दिनुभयो । रासस