चितवन, २० वैशाख । नेकपा एमाले चितवनले भूकम्प पीडितहरुका लागि जिल्लामा थालेको ‘एक कार्यकर्ता, एक शुभेच्छुक १ सय रुपैयाँ’ संकलन अभियान प्रभावकारी रुपमा अघि बढेको जनाएको छ ।
एमालेले भूकम्प पीडितहरुका लागि राहत संकलन गर्ने उद्देश्यका साथ जिल्लाका ५ वटै क्षेत्रमा क्षेत्रीय इन्र्चाज र अध्यक्ष मार्फत भूकम्प पीडितका लागि न्यूनतम १ सय रुपैयाँ संकलन गर्ने अभियान १ साता अघिदेखि चलाउँदै आएको छ ।
अभियानको आइतबार पार्टी कार्यालय भरतपुरमा बैठक बसेर समिक्षा गरिएको एमाले चितवनका अध्यक्ष जगन्नाथ थपलियाले जानकारी दिनुभयो । ‘एमालेले पार्टी कार्यकर्ता र शुभेच्छुकहरुसँग न्यूनतम १ सय रुपैयाँ उठाउन आन्तरिक सर्कुलर १ साता अघि नै गरिसकेको छ, आज त्यसकै समिक्षा गरियो’ अध्यक्ष थपलियाले भन्नुभयो—‘उठेको रकम एमाले केन्द्रिय राहत कोषमा बुझाइने छ ।’
एमालेले क्षेत्र नम्बर १ मा क्षेत्रीय इन्र्चाज गोविन्द कँडेल र अध्यक्ष भीम पुन, क्षेत्र नम्बर २ मा क्षेत्रीय इन्र्चाज गोपी श्रेष्ठ र अध्यक्ष कृष्ण डल्लाकोटी, क्षेत्र नम्बर ३ मा क्षेत्रीय इन्र्चाज नारायण अधिकारी र अध्यक्ष पूर्ण श्रेष्ठ, क्षेत्र नम्बर ४ मा क्षेत्रीय इन्र्चाज रामजी सापकोटा र अध्यक्ष बच्चुराम भट्टराई, क्षेत्र नम्बर ५ मा इन्र्चाज कृष्ण भुर्तेल र अध्यक्ष श्याम बिष्टलाई जिम्मेवारी प्रदान गरेको थियो ।
क्षेत्र–क्षेत्रबाट रकम उठाउने कार्य सन्तोषजनक भैरहेको जानकारी सम्बन्धित क्षेत्रका इन्चार्ज र अध्यक्षले बैठकमा गराएको एमाले चितवनका अधयक्ष जेएन थपलियाले बताउनुभयो ।
वैशाख महिनाभित्र राहत संकलन कार्य सकेर केन्द्रीय राहत कोषमा पठाउने तयारी एमाले चितवनले गरेको छ । आजको बैठकमा एमाले पोलिट्ब्यूरो सदस्य काशीनाथ अधिकारी, पूर्व केन्द्रीय सदस्य देवी ज्ञवाली लगायतका नेताहरुको सहभागिता थियो ।















प्रतिक्रिया