४ कार्तिक २०८३, बुधबार

पत्रकार खेमा बस्नेत सम्मानित

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

khema-basnet-1धनगढी, २० वैशाख । सुदूरपश्चिमको स्थानीय भाषाभाषिको चलचित्र तथा कला क्षेत्रमा कलम चलाए बाफत जुनी फिल्मस् धनगढीले पत्रकार खेमा बस्नेतलाई सम्मान गरेको छ । आइतबार धनगढीमा आयोजित एक समारोहमा नायिका सुष्मा अधिकारीले पत्रकार बस्नेतलाई प्रशंसा पत्रसहित दोसल्ला ओढार सम्मान गरिन् ।

जुनी फिल्मस्का सदस्य तथा नृत्य निर्देशक गोविन्द मुखियाले स्थानीय भाषाभाषिको चलचित्र तथा स्थानीय कलाकारिताको क्षेत्रमा समाचार प्रकाशन/प्रशारण गरी कलाकार र प्राविधिकहरुको कार्यमा थप हौसला प्रदान गरी कला क्षेत्रमा योगदान पुर्‍याएकोले सम्मान गरिएको बताए ।

सम्मानित पत्रकार बस्नेतले यस सम्मानले चलचित्र सम्बन्धि विषयमा थप कलम चलाउने हौसला मिलेको बताईन् । धनगढीबाट प्रकाशित हुने राष्ट्रिय सन्दर्भ दैनिकमा कार्यरत पत्रकार बस्नेत रंग म्याग्जीन शुक्रबार साप्ताहिक र हिमालय टाईम्स धनगढी संवाददाता समेत हुन ।

khema-basnet