४ कार्तिक २०८३, बुधबार

बर्दिया राजापुरबासीले भूकम्पपीडितलाई पठाए ५१ हजार रुपैँया सहयोग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– सुदीप अधिकारी
बर्दिया, २० वैशाख । भूकम्पपीडितका लागि बर्दियामा जिल्लाबाट राहत संकलन गर्ने कार्य जारी रहेको छ । आइतबार बर्दियाका राजापुरबासीले भूकम्पपीडितहरुका लागि राहतस्वरुप ५१ हजार १ सय ५१ रुपैँया पठाएका छन् ।

राजापुर नगरपालिका वडा नं १२ का स्थानियबासीले उक्त रकम संकलन गरेका हुन् । उनीहरुले आफनो वडामा रहेको १ सय ५० घरघुरीबाट राहतस्वरुप रकम संकलन गरेका हुन् ।

भूकम्पपीडितका लागि संकलन भएको रकम नेपाल बैँक लिमिटेड राजापुरमार्फत प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा जम्मा गरिएको स्थानियबासी शालिकराम ज्ञवालीले जानकारी दिए ।

गाउँका बडघर मेलाराम थारुको नेतृत्वमा राहत संकलन गरिएको थियो ।