धुन्चे (रसुवा), २० वैशाख । रसुवामा भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या ३८७ पुगेको छ ।
मृत्यु भएकामध्ये ३३४ जनाको शव उनीहरुका आफन्तलाई बुझाइएको छ । धुन्चेस्थित नारायण दल गणका प्रमुख सेनानी नारायण थापाका अनुसार ५१ शव लाङ्टाङ क्षेत्रबाट उत्खनन गरिएको छ । उत्खनन गरिएकामध्ये एक÷एक वटा भारतीय र फ्रान्सेलीसहित छ शव विदेशी नागरिकका रहेका छन् । तनहुँ घर भएका सचितको शवसमेत उत्खननका क्रममा भेट्टिएको छ । तर उनको थर र ठेगाना खुल्न सकेको छैन ।
“पहिरोमा परी हराइरहेकाको शव उत्खनन कार्य जारी छ”– उहाँले भन्नुभयो । मैलुङमा पहिरोमा परेकाको शव उत्खनन गर्न नसकिएको थापाले बताउनुभयो । आज पनि सेनाको टोलीले लाङ्टाङमा शव उत्खनन गरिरहेको छ । रासस















प्रतिक्रिया