४ कार्तिक २०८३, बुधबार

गोरखाका भूकम्प पीडितलाई एकनाथ ढकालको राहत सहयोग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

yak-nath-dhakal-1गोरखा, २० वैशाख । नेपाल परिवार दलका अध्यक्ष तथा सभासद एकनाथ ढकालले गोर्खा जिल्लाको भूकम्प प्रभावित क्षेत्रमा पुगेर पीडितलाई राहत बाँडेका छन् ।

नेपाल परिवार दलका अनुसार ढकालले गोर्खाको बुङ्गकोट, बोर्लांग, फुजेल, धावा, आरुपोखरी लगायत गाबिसका भुकम्प पीडितलाई ३०० थान टेन्ट र ५० बोरा चामल बाँडेका हुन् ।

पीडितलाई राहत बाँड्दै ढकालले पीडितलाई तत्काल राहत सामग्री उपलब्ध गराउन सरकारसंग माग गरेका थिए । भूकम्पबाट ज्यान गुमाएका परिवारलाई चार लाख र आफ्नो घर पूर्ण रुपमा क्षति भएका परिवारलाई १० लाख र आशिंक रुपमा घर क्षति भएको परिवारलाई पाँच लाखको दरले क्षतिपूर्ति दिनुपर्ने ढकालको प्रस्ताव छ ।

विदेश तथा स्वदेशबाट प्राप्त सहयोग पारदर्शी बनाउन पनि ढकालले सरकारलाई आग्रह समेत गरेका थिए ।

yak-nath-dhakal