४ कार्तिक २०८३, बुधबार

गाली सहँदै भूकम्प पीडितको घरदैलोमा नेपाल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

madhav-Nepal

काठमाडौँ, २० बैशाख । नेकपा एमालेका नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल गाली सहँदै भूकम्प पीडितहरुको घरदैलोमा पुग्नुभएको छ ।

काठमाडौँ क्षेत्र नम्बर २ को विभिन्न ठाउँमा पुगेर एमाले नेता नेपालले महाभूकम्पबाट पुगेको क्षतिको बारेमा जानकारी लिनुभएको हो । भूकम्पबाट पुगेको क्षतिको बारेमा जानकारी लिन नेताहरु आफ्नो घरदैलोमा नआएको गुनासो पीडितहरुले गरेपछि नेता नेपाल निरीक्षणमा निस्कनुभएको हो ।

स्थलगत अवलोकनका क्रममा भूकम्प पीडितहरुले कुनै पनि नेता र सभासद् आफ्नो बारे जानकारी लिन नआएको भन्दै नेता नेपालमाथि आक्रोश पोखेका थिए । पीडामा व्यक्त हुने आक्रोश स्वभाविक भएको नेता नेपालको भनाइ थियो । उहाँले सरकार र आफ्नो पार्टीले समेत भूकम्प पीडितका लागि राहतको व्यवस्था मिलाइरहेको भन्दै नआत्तिन सान्त्वना दिनुभएको थियो ।

नेता नेपालले काठमाडौँको साँखु, सुनटोल, डाँछी, मूलपानी, गोठाटार लगायतका ठाउँको स्थलगत जानकारी लिनुभएको थियो । नेता नेपाल गत संविधानसभा निर्वाचनमा काठमाडौँ २ बाट निर्वाचित हुनुभएको थियो । तर, उपनिर्वाचनमा भने उहाँले यो क्षेत्र छाड्नुभएको थियो ।