काठमाडौँ, २० बैशाख । पूर्वप्रधानमन्त्री एवं एकीकृत नेकपा माओवादीका वरिष्ठ नेता बाबुराम भट्टराई महाभूकम्पले पुर्याएको क्षतिको जानकारी लिन गृह जिल्ला गोरखा पुग्नुभएको छ ।
महाभूकम्प गएको नवौँ दिन आइतबार भट्टराई गृहजिल्ला गोरखा पुग्नुभएको हो । सडकमार्ग हुँदै कुरिनटार पुग्नुभएका भट्टराई केबलकारबाट मनकामना मन्दिर क्षेत्रमा पुग्नुभएको थियो । भट्टराईले गोरखाको मनकामना मन्दिर क्षेत्रमा भूकम्पबाट भएको जनधनको क्षतिबारे जानकारी लिनुभएको छ । उहाँले भूकम्पको महाविपत्तिमा परेकाहरुको घाउमा सान्त्वना र आत्मियताको थोरै भएपनि मलहम लगाउन गोरखा गएको बताउनुभएको छ ।
‘मैले आफ्नो तथा पार्टीको पहलमा संकलित राहत सामाग्री प्रजिअको संयोजकत्वमा रहेको जिल्ला प्राकृतिक प्रकोप उद्धार समिति मार्फत नै पठाउँदै आएको छु र जेजति संकलित हुनेछ त्यही प्रक्रियाबाटै वितरण गर्नेछु,’ भटट्टराईले सामाजिक सञ्जालमार्फत भन्नुभएको छ , ‘जब प्रकृतिले कुनै दल वा विचार नभनी समान ढंगले विनाश गर्यो भने हामीले राहत वितरणमा दलगत, गुटगत आग्रह किन राख्ने ?’
आफ्नै जिल्लाका वरिष्ठ नेता तथा सभासद् समेत रहेका भट्टराई गृहजिल्ला नआएपछि सर्वसाधारण आक्रोशित भएका थिए ।















प्रतिक्रिया