१४ कार्तिक २०८३, शनिबार

अपडेट : मृतकको संख्या ७ हजार, घाइते १४ हजार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bhukamapa-hospital-2

काठमाडौँ, २० वैशाख । गत शनिबार गएको भूकम्पबाट सात हजार ५६ जनाको मृत्यु भएको छ ।

गृहमन्त्रालयले केहीबेर अगाडि उपलब्ध गराएको विवरणअनुसार घाइतेको सङ्ख्या १४ हजार १२३ पुगेको छ । त्यसै अवधिमा १० हजार ४८८ सरकारी घर तथा भवन पूर्णरुपमा क्षति भएका छन् भने १४ हजार २१५ घर तथा भवन आंशिक क्षति भएका छन् ।

सर्वसाधारणका एक लाख ४२ हजार ३८८ घर पूर्णरुपमा क्षति भएका छन् भने एक लाख ५५ हजार ८८४ घर आंशिक क्षति भएको जनाइएको छ ।

सबैभन्दा बढी सिन्धुपाल्चोक जिल्लामा दुई हजार ६४८ मृत्यु भएका छन् भने काठमाडाँैमा एक हजार १८५ ले ज्यान गुमाएका छन् । रासस