
– गणेश गिरी
पर्वत, १९ वैशाख । महाभूकम्पका कारण पर्वत जिल्लामा धेरै भौतिक संरचना क्षति भएपछि सर्वसाधरणलाई चर्केको घाउमा मलम लगाउनका लागि नेकपा एमाले पर्वत गाउँ अभियानमा जुटेको छ । भूकम्पले क्षतिग्रस्त गाउँमा राहत समाग्री वितरण अभियानमा नेकपा एमाले पर्वत जुटेको हो ।
अभियान अन्तर्गत नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा जिल्ला विकास समिति पर्वतका पुर्व सभापति गणेश तिमिल्सीना र एमाले पर्वतका जिल्ला अध्यक्ष पदम गिरीले शनिवार भूकम्प पीडित समुदायमा त्रिपाल वितरण गरेका छन् । भुकम्पले घरवास उठाएको तिलाहार गाविस ९ थामार्जुङमा पोलिटब्युरो सदस्य तिमिल्सीना र जिल्ला अध्यक्ष गिरीले १८ परिवारका लागि पहिलो चरणमा त्रिपाल बाँडेका हुन ।
भुकम्पका कारण घर ध्वस्त भएर ओत लाग्ने ठाउँ नभएका परिवारहरुका लागि आफूहरुले त्रिपाल वितरण गरेको एमाले नेता तिमिल्सीनाले बताए । उनका अनुसार जिल्लाका झण्डै ३ सय भन्दा बढि पूर्णरुपमा क्षतीस्त घरधुरीका लागि त्रिपालको ब्यवस्थापन हुदैछ ।
‘त्रिपाल नेपालमा सकिएको भएर भारतबाट निकासी हुदैछ’ तिमिल्सीनाले भने ‘त्रिपाल आएपछि राहत स्वरुप वितरण हुनेछ ।’ एमालेको उक्त अभियानमा गोनेसा नामक गैह् सरकारी संस्थाले सहयोग गरेको छ । पहिलो चरण अन्तर्गत ६० थान त्रिपाल उपलब्ध भएको बताउदै तिमिल्सीनाले खुल्ला आकाश मुनी रात काटन बाध्य भएका तिलाहार, पकुवा, खुर्कोट लगाएतका गाविसका सर्वसाधरणलाई उक्त त्रिपाल वितरण गरिने बताए ।
एमाले पर्वतका अध्यक्ष पदम गिरीले देशले महाविपत्तीका सामना गरीरहेको यो घडिमा गाउँतहसम्म उद्धार र राहत कार्यमा खटन एमाले पर्वतका कार्यकर्ताहरुलाई निर्देशन दिइसकिएको बताए । जिल्लाका पदाधिकारी देखि गाउँ तहसम्मका कार्यकर्ता उद्धार कार्यमा लागीरहेको बताउदै गिरीले सरकारको तर्फबाट क्षतिग्रस्त घरहरुमा यथेष्ट राहत उपलब्ध गराउन आफूले पहल गर्ने बताए ।
जिल्लामा मानवीय क्षति नभएपछि पनि ठुलो भौतिक क्षति भएको छ । भूकम्पका कारण झण्डै ४ हजार घर भत्केको बिबरण प्राप्त भएको छ । पर्वत जिल्लाका ३२ हजार घर मध्ये गाउँघरमा रहेका ५० प्रतिशत भन्दा बढी घरमा सानो ठुलो क्षति पुगेको अनुमान गरिएको छ । अहिले सम्म झण्डै ७ सय घर पुर्णरुपमा क्षतिग्रस्त भएको र २ हजार २ सय घरमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।


















प्रतिक्रिया