४ कार्तिक २०८३, बुधबार

चट्याङ लागेर एकको मृत्यु, दुई घाइते

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बलेवा (बागलुङ), २० वैशाख । शनिबार साँझ परेको चट्याङले लागेर बागलुङमा एक जनाको ज्यान गएको छ । दुई जना घाइते भएका छन् ।

चट्याङले लागेर बानपा–९ लमगाउँका २७ वर्षीय मनोज थापाको मृत्यु भएको प्रहरीले जनाएको छ । गम्भीर घाइते बनेका थापालाई उपचारका लागि धौलागिरि अञ्चल अस्पतालमा ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको धौलागिरि अञ्चल अस्पतालका मेडिकल सुपेरिटेन्डेन्ट डा तरुण पौडेलले बताउनुभयो ।

यस्तै सोही ठाउँकै ४१ वर्षीया आइती थापा र ४४ वर्षीय बलबहादुर थापा घाइते हुनुभएको छ । घाइते दुवै जनाको अहिले धौलागिरि अञ्चल अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

महाभूकम्पको मारमा परेका यहाँका स्थानीयवासीलाई उद्धार गर्न बागलुङ क्षेत्र नं १ का सभासद् चम्पादेवी खड्कालगायतको टोली सोही स्थानतर्फ जाँदै गर्दा एक्कासि यस्तो दुर्घटना भएपछि मृतक र बिरामीलाई सभासद्कै टोलीले उद्धार गरेको बताइएको छ ।

भूकम्पपीडितको स्थलगत अवस्था बुझ्न बानपा–९ लमगाउँमा पुग्ने क्रममा असिना पानीसँगै यस्तो घटना भएपछि भूकम्पपीडितलाई छोडेर चट्याङबाट भएको घटनामा सक्रिय भयौँ सभासद् चम्पादेवी खड्काले भन्नुभयो, “ठूलो असिना पानीका कारण अन्य क्षेत्रमा जान पाएनौँ ।” रासस