४ कार्तिक २०८३, बुधबार

पर्वतको जनजीवन सामान्य बन्दै, भत्केका घरको मर्मत कार्य सुरु

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

parbat (1)

– गणेश गिरी

पर्वत, १९ वैशाख । घरहरु पल्टिएर खानेकुरा तथा ओढ्ने ओच्छाउने कपडा समेत पुरिएपछि खुला आकाशमुनी बसेका पर्वतका बासिन्दाहरु बाहिरी सहयोगको आशा नगरेर आफै घर निर्माणमा जुटेका छन् । भुकम्पका कम्पनहरु घटदै गएपछि पर्वतका विभिन्न गाविसका बासिन्दाहरु भत्केका घरहरु मर्मत गर्ने काममा जुटेका हुन ।

घर भत्केर खुल्ला आकाश मुनी रात काटन बाध्य पर्वतबासीहरु आफनै पहलमा आफनो बसोबासको जोहो गर्नमा यतिबेला ब्यस्त देखिएका छन । हामी अस्ति बिहिबादेखि आँफै मिलेर भग्नावशेष पन्छाउने तथा घर बनाउने अभियानमा लाग्यौं तिलाहार गाविसका स्थानीय गणेश जिसीले भने–सरकारको मुख ताकेर केही होला जस्तो लागेन । गाउँका ३ सय घरधुरी मध्ये २ सय ५० भन्दा बढिमा क्षती पुगेको छ । अहिले स्थानीयहरु ५÷७ जनाको समूह बनाएर भत्किएका संरचना हटाउने तथा अस्थायी घर बनाएर बस्न थालेका छन् । अहिले गाउँमा धमाधम पूर्ननिर्माण शुरु भएको छ ।

गाउँका सबै घर भुकम्पले ध्वस्त बनाएपछि अन्नका साथै ओढ्ने ओच्छाउने कपडा समेत पुरिएपछि समस्यामा परेका गाउँलेहरुले आपसमा पर्म गरेर सबैका घरहरु बनाउने अभियानमा लागेकाछन् । सामान्य बस्न मिल्ने घरको माथिल्लो भाग भत्काएर बनाएका छौं जिसीले भने–नमिल्ने घरहरुलाई भत्काएर सोही ठाउँमा टिन र पाल लगाएर बस्ने बास बनाएका छौं ।

parbatभुकम्पले घर भत्किएर अन्न पुरिएपछि खोजेर तथा पैंचोले चलाउनु परेको भएपनि अहिलेसम्म कोही आएर केही राहत नदिएकाले भोकै बस्नुपर्ने अवस्था आउनसक्नेमा गाउँलेहरु चिन्तित बनेकाछन् । घर भत्किएर सबै पु¥यो स्थानीय सीता विकले भनिन–गाउँमा पैंचो मागेर चलाएकी छु कतिदिन मागेर चल्ने ? कमाउने कोही नभएका घरधुरीका पीडितहरु घरवासको ठेगान नहुने र खाने कुरा समेत सबै पुरिएपछि के खाने भन्ने चिन्तामा परेकाछन् ।

महाभुकम्पका पर्वत जिल्लाका करिब ५ हजार घरधुरी क्षतिग्रस्त बनेको अनुमान गरिएको छ । हालसम्मको प्राप्त तथ्याङ्क अनुशार जिल्लाका करिब १ हजार घरधुरी पूर्णरुपमा क्षतीग्रस्त बनेका छन् भने ३ हजार बढि घरधुरीमा आंशिक क्षती पुगको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जिल्लाका ३२ हजार घरधुरी मध्ये अधिकांश घरधुरीमा क्षतीग्रस्त बनेकाले क्षतीको विवरण बढ्ने जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अहिले जिल्लाका सबै गाविसहरुको तथ्याङ्क संकलन गर्ने तथा राहत वितरण गर्ने कार्यलाई तदारुकताका साथ अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख महेन्द्र कुमार श्रेष्ठले बताए ।
भुकम्पबाट पिडित बनेका स्थानीयबासी अहिले आ–आफनो बासस्थानमा फर्किसकेका छन । उनीहरुको जीवन सामान्य बन्दै गएको छ । बजार खुलेका छन भने यातायातका साधनहरु पनि चल्न थालेका छन ।