काठमाडौँ, १९ वैशाख । आज बिहान ९ बजेर ३२ मिनेट जाँदा सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ४.२ रिक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार यसअघि आज बिहान ३ बजेर ५५ मिनेट जाँदा सिन्धुपाल्चोक केन्द्र भएर ४.२ रिक्टर स्केल र ५ बजेर ५५ मिनेट जाँदा दोलखा केन्द्रविन्दु भएर ४.३ रिक्टर स्केलको भूकम्प गएको थियो ।
गत शनिबारदेखि हालसम्म चार रिक्टर स्केलभन्दा माथिका १२२ वटा भूकम्पको धक्का महसुस गरिएको र भूकम्पका धक्का आए पनि डराउनुपर्ने अवस्था नरहेकोे केन्द्रका प्रमुख लोकविजय अधिकारीले बताउनुभयो । रासस












प्रतिक्रिया