४ कार्तिक २०८३, बुधबार

पर्वत सदरमुकाम कुश्माका घर कसरी बँचे ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Parbat bhukampa (1)

– गणेश गिरी
पर्वत, १९ वैशाख । महाभूकम्पका कारण मानवीय क्षति नभएपनि पर्वत जिल्लाका हजारौ घर भत्किएका छन् । घर भत्किएपछि हजारौं सर्वसाधारण घरवार विहिन भएका छन् । गाउँमा रहेका कच्ची घरहरु भत्किएपनि सदरमुकाम कुश्मा बजारमा रहेका कच्ची र पुराना घरहरुमा भने औसतमा सामान्य पनि क्षति पुगेको छैन् ।

जिल्लाको उत्तरी क्षेत्रमा रहेका भन्दा दक्षिणी क्षेत्रका घरहरुमा बढी क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यद्यपी जिल्लाको सदरमुकाम भने पूर्णरुपमा सुरक्षित रहेको छ । सदरमुकाम कुश्मा बजारमा निर्माण भएका पक्की घरहरुमा खासैै असर देखिएको छैन भने पुराना घरहरुमा पनि निकै सामान्य बाहेकको क्षति पुगेको छैन । जिल्लाका ३२ हजार घरधुरी मध्ये ६० प्रतिशत बढि घरधुरीमा महाभूकम्पकका कारण क्षति पुगेको अनुमान गरिएको छ ।

उता, जिल्ला प्रहरी कार्यालयले संकलन गरेको तथ्यांकमा भने ४ हजार बढी घरधुरीको मात्र तथ्यांक आइसकेको छ । यो सँख्या बढन सक्ने प्रहरीले पनि अनुमान गरेको छ । भूकम्प गएको एक साता वितिसक्दा पनि वास्तविक क्षति तथ्यांक अझै प्राप्त भइसकेको छैन ।

९० सालको भूकम्पबाट क्षति नपुगेका घरहरु समेत यस पटकको भूकम्पबाट पनि बचेका छन, सदरमुकम कुश्मा बजारमा । भूकम्पको तरंग जमिन अनुसार फरक हुने भएका कारण भूकम्पको झडका सदरमुकाम कुश्मा बजारमा कम परेको हुनसक्ने स्थानीयबासीको अनुमान रहेको छ ।

भूकम्प गएको बेला हल्लिएका सदरमुकाम कुश्मा बजारका पक्की घरहरुमा पनि कुनै असर देखिएको छैन् । जीर्ण अवस्थामा रहेका पुराना कच्ची घरहरु पनि जोगिनु सुखद पक्ष रहेको स्थानीयबासीको भनाई छ ।

‘सदरमुकाम कुश्मा बजारका घरहरु भत्किएको भए मानवीय क्षति पनि हुने थियो’ प्रमुख जिल्ला अधिकारी ऋषीराम तिवारीले भने–‘कुश्माका घरहरु जोगिएका छन ।’ प्रहरीको तथ्यांक अनुसार एउटा मात्र घर पूर्ण रुपमा क्षति भएको देखिन्छ । आठ वटा घरमा आंशिक क्षति देखिन्छ । तर ती घरहरुका कारण मानवीय क्षति भने भएको छैन ।

सदरमुकाममा हजारौं घरहरु भएकाले त्यो संख्या ज्यादै न्यून हो । एकबर्ष अघि देखि नगरपालिका घोषणा भएको कुश्मा बजारमा निर्माण भएका अधिकांश नयाँ पक्की घरहरु भूकम्प प्रतिरोधात्मक छैनन् । ठूलो झट्का आएको बेला जुनसुकै बेला पनि घरहरु ढल्न सक्छन । नगरपालिकका प्रमुख चण्डिका पौडेलले आगामी दिनमा घर तथा भवन निर्माणमा नगरपालिकाले कडाइ गर्ने बताए ।

‘घरको नक्सा बनाएर मात्र हुदैन’ उनले भने–‘नक्शा अनुसारको बलियो घर पनि बनाउनुपर्छ ।’ अधिकांश सर्वसाधरणले इन्जिनियरीङ सिस्टमका घरहरु सदरमुकाम कु्रश्मा बजारमा निर्माण गरेका छैनन । पाँच तलासम्मका घरहरु रहेको सदरमुकामका पक्कि घरहरु भ्िरत्कएको खण्डमा निकै ठुलो मानवीय क्षति हुने देखिन्छ ।

सदरमुकाममा घरहरु बन्ने दर बढिरहेको हुँदा भूकम्पको ओत लाग्ने खुल्ला जमिनको पनि समस्या हुदै गएको छ । नगरपालिका प्रमुख पौडेल भन्छन-केहि बर्ष पछि खुल्ला जमिन सकिने देखिन्छ ।’ यस पटकको भुकम्पमा भने सर्वसाधरणहरु सदरमुकाममा रहेको खुल्ला जमिनमा बस्ने अवसर पाएका थिए । बजार क्षेत्रमा ठु्ला ठुला घर बने पनि छेउछाउका क्षेत्रमा अझै खुल्ला जमिन बाँकी रहेको छ ।

कुश्माबासीले त्यो खुल्ला जमिनको भरपुर उपभोग यस पटक गर्न पाए । हालसम्म जिल्लामा भुकम्पका कारण भाग दौडमा परी ११ जना मात्र सामान्य घाइते भएका छन । उनीहरु भुकम्प गएको बेला भाग्न खोज्दा घा्रइते भएको प्रहरीले जनाएको छ । यस बाहेकका मानवीय क्षती नभएको जिल्ला प्रशासन कार्यालय पर्वतले जनाएको छ ।

Parbat bhukampa Parbat bhukampa (5) Parbat bhukampa (4) Parbat bhukampa (3) Parbat bhukampa (2)