– सुशिल नेपाल
पाल्पा, १९ वैशाख । सहयोग गर्ने भनेकै आपतविपतको बलो हो । आपतविपतको समयमा सहयोग नगरे कहिले गर्ने त ? देशनै अहिले आपतमा परको छ । राजधानी लगायत विभिन्न जिल्लाहरुमा पनि सहयोग तथा राहतको काम तिव्र पारिएको छ ।
पाल्पा जिल्लामा पनि सहयोगी हातहरु बढदै गइरहेका छन् । भूकम्पपीडितका लागि एकपछि अर्को गर्दै विभिन्न संघसस्थाहरुले सहयोग गरिरहेका छन । यसैबीच शुक्रबार नेपाली काँग्रेस पाल्पाले महाभूकम्प पीडितहरुका लागि १ सय ३५ थान त्रिपाल राहतस्वरुप हस्तान्तरण गरेको छ । नेपाली काँगेस पाल्पाका सभापती विरबहादुर रानाले सहायक प्रमुख जिल्ला अधिकारी विष्णुबहादुर घर्तीलाई राहत सामग्री हस्तान्तरण गरेका हुन ।
यसैबीच पाल्पाको सहलकोट ९ मा भूकम्पबाट विस्थापित भएका परिवारहरुका लागि विभिन्न संघसंस्था, क्लव र समूहबाट पनि राहत सामग्री वितरण गरेका छन् । सहलकोटको वडा ९ मा नेपाली काँग्रेस रामपुरका उपसभापति उमनाथ अर्यालको नेतृत्वमा गएको एक टोलीले राहत वितरण गरेको हो ।
त्यहाँ खाद्यान्न सामाग्री, त्रिपाल, चटाई लगायतका सामग्रीहरु वितरण गरिएको छ । त्यस्तै लुम्बिनी मेडिकल कलेज तथा शिक्षण अस्पताल प्रभाश पाल्पाले पनि महाभूकम्पबाट पीडित परिवारका लागि राहत सामग्री प्रदान गरिसकको छ ।
यसअघि भुकम्प पीडितका लागि श्रीनगर लायन्स क्लव अफ पाल्पाले २५ हजार ५ सय २५ रुपैयाँ, कर्मचारी मिलन केन्द्र पाल्पाले २५ हजार रुपैयाँ, अखण्ड नेपाल पार्टीले १ सय २५ थान त्रिपाल जिल्ला दैवी प्रकोप उद्धार समिति पाल्पाका प्रमुख तथा प्रमुख जिल्ला अधिकारी बिष्णुकुमार कार्कीलाई हस्तान्तरण गरिसकेका छन् ।
राहत आउने क्रम जारी भएसंगै वितरण कार्य पनि तिव्र रुपमा भएको प्रमुख जिल्ला अधिकारी बिष्णुबहादुर कार्कीले बताएका छन । यि बाहेक अन्य संघसस्थाले पनि राहत संकलन तथा हस्तान्तरण गरिरहेका छन ।















प्रतिक्रिया