२ कार्तिक २०८३, सोमबार

भारतीयहरू काममा भन्दा प्रचारमा बढी मस्त

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

indian-helicopterकाठमाडौं, १९ वैशाख । नेपाली सेनाको तुलनामा गत शनिवार गएको भुकम्प प्रकोपमा उद्धार गर्न आएको भारतीय सेनाले नेपाली सेनाको तुलनामा उडान बढी उद्धार कम गरेको देखिएको छ।

बिहीबारसम्मको पछिल्लो तथ्यांक अनुसार भारतीय सेनाका ६ वटा हेलिकोप्टरले १ सय ११ पटक उडान भरेको नागरिक दैनिकले छापेको छ । जसमा उसले ८८ जना नेपाली र ६२ जना बिदेशीलाई सफल उद्धार गरेको गर्‍यो।

सोही दिन नेपाली सेनाले ६४ उडानबाट १ सय ९९ नेपाली र १७ जना बिदेशीलाई मुलुकका बिभिन्न ठाउँवाट सकुशल उद्धार गरेको तथ्यांकले देखाएको छ।

नेपाली र भारतीय सेनाको गत बिहीबार गरेको १ सय ७५ उडानबाट २ सय ८७ नेपाली र ७८ जना बिदेशी गरी जम्मा ३ सय ६५ जनालाई सकुशल सकुशल उद्धार गरेको हो ।

बिहिबारको तथ्यांकले पनि तुलनात्मक रुपमा नेपाली सेनाले भारतीय सेना भन्दा बढी उद्धार गरेको देखाएको छ।