काठमाडौं, १९ वैशाख । सामाजिक सञ्जाल फेसबुकले दुई दिनभित्र नेपालका भूकम्प पीडितका लागि एक अर्ब रुपैयाँ सहयोग जुटाएको छ। कम्पनी आफैंले पनि २० करोड रूपैयाँ थप सहयोग गर्ने भएको छ ।
‘फेसबुकले नेपाल अर्थक्वेक्ट सपोर्ट’ नामक पेज बनाएर प्रयोगकर्तालाई सहयोगको अपील गरेको कान्तिपुर दैनिकले छापेको छ।
जसबाट दुईदिनमै एक करोड अमेरिकी डलर जुटेको हो। दुई दिनमा यति रकम जुटेको फेसबुक मालिक मार्क जुकरवर्गले स्टाटसमार्फत जानकारी गराएका छन् ।
शुक्रबार आफ्नो फेसबुक प्रोफाइलमार्फत जुकरवर्गले नेपाललाई व्यक्तिगत रुपमा २ मिलियन डलर (करिब २० करोड) सहयोग गर्ने घोषणा गरेका छन् ।
फेसबुकले नेपालका भूकम्प प्रभावितलाई लक्षित गरी सुरु गरेको सेवा ‘मार्क सफ’मा ७० लाख प्रयोगकर्ताले मार्क सेफ गरेको बताएको छ ।
यस्ता अपडेट एक अर्ब ५० करोड प्रयोगकर्तालाई सूचित गरिएको बताइएको छ ।















प्रतिक्रिया