२ कार्तिक २०८३, सोमबार

पशुपंक्षी बध गर्न प्रतिवन्द

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kukhura-boiearकाठमाडौं, १९ वैशाख । सरकारले महाभुकम्प प्रभावित क्षेत्र पशुपंक्षीको बध गर्न प्रतिवन्द लगाएको छ। सरकारले महाभुकम्प क्षेत्रका उपभोक्तालाई माछा, मासु नखान आग्रह गरेको हो।

काठमाडौं जिल्ला प्रशासन कार्यालयले भुकम्पबाट क्षतिग्रस्त स्थानको उत्खनन भइरहेकाले महामारी फैलन सक्ने जोखिम रहेको भन्दै पशुपक्षी बधमा रोक लगाएको नयाँ पत्रिका दैनिकले छापेको छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी एकनारायण अर्यालले सर्वसाधारणको स्वास्थ्य र महामारी फैलन सक्ने जोखिम न्यूनीकरणका लागि भुकम्प प्रभावित क्षेत्रमा माछा मासु विक्री नगर्न र उपभोक्तालाई मासु नखान अनुरोध गरेको जनाएका छन्।