४ कार्तिक २०८३, बुधबार

भूकम्पमा ज्यान गुमाएका परिवारलाई एमालेले नगद राहत दियो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

UML-Yemaleरौतहट १८ बैशाख । महाभूकम्पका कारण ज्यान गुमाएका दुईजनाको परिवारलाई नेकपा एमाले चनद्रपुर नगर कमिटिले जनही दश÷दश हजारका दरले राहत उपलब्ध गराएको छ ।

रौतहटको चन्द्रपुर नगरपालिका घर भएर नुवाकोटमा कार्यरत रहेका एक जना र काठमाडौमा बसोबार गर्दे आएका एकजनालाई एमाले चन्द्रपुरले उपलब्ध गराएको दश÷दश हजार एमालेकी केन्द्रीय सदस्य कल्याणी खडका र रौतहट क्षेत्र नं ६ का सभासद् राम कुमार भटराईले संयुक्त रुपमा हस्तान्तरण गरेका थिए ।

चन्द्रपुर नगरपालिका ११ बनबहुरीका प्रभु फनैतका परिवारलाई दश हजार प्रदान गरिएका् छ । प्रभुको नुवाकोटमा स्काईभेटर चलाउने क्रममा पहिरोले पुरिएर ज्यान गएको थियो । यस्तै सोही नगरपालिका ३का ५५ बर्षीय शुरेस बिक्रम थापाको काठमाडौमा ज्यान गएको थियो ।

उनको परिवारलाई समेत दश हजार प्रदान गरिएको थियो । राहत स्वरुप रकम प्रदान कार्यक्रममा एमाले केन्द्रीय सदस्य कल्याणी खड्का, सभासद राम कुमार भट्टराई, एमाले चनद्रपुरनगर ईन्चार्ज बिनोद घिमिरे, नगर अध्यक्ष शिब आचार्य, नगर सचिब राजु तिवारी, नेपाल खेलकुद महाँसंघका केन्द्रीय सदस्य अशोक पहाडी, नेपाल खेलकुद क्लब चन्द्रपुरका उपाध्यक्ष मधुसुदन धिताल, नेकपा एमाले जिल्ला सदस्य बिनोद चौधरी, नगर सदस्य नारायण न्यौपाने लगायतको उपस्थिती रहेको थियो ।