१४ कार्तिक २०८३, शनिबार

भूकम्प पीडितलाई भेट्न प्रचण्ड-बाबुराम अस्पतालमा

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Prachanda-Baburamकाठमाडौँ, १८ वैशाख । एकीकृत नेकपा(माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले भूकम्पबाट घाइते भइ त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पतालमा उपचार गराइरहेकाको स्वास्थ्यस्थितिको बारेमा आज जानकारी लिनुभएको छ ।

उहाँले विपत्तिको समयमा नआत्तिन र स्वास्थ्यलाभको कामना गर्न घाइतेलाई आग्रह गर्दै सबै प्रकारको राहत तथा पुनः स्थापनाका लागि सरकारलाई सचेत गराउने प्रतिबद्धता जनाउनुभएको थियो ।

उपचाररत घाइतेले उपचारको प्रबन्ध राम्रो नभएको, सरकारले निःशुल्क उपचार गर्ने भनेको भएपनि त्यसो हुन नसकेको भन्दै अध्यक्ष दाहालसँग गुनासो गरेका थिए ।

अस्पताल प्रशासनले भने घाइतेको निःशुल्क उपचार गर्ने भनिएपनि हालसम्म कुनै पनि आर्थिक तथा भौतिक सुविधा उपलब्ध नगराएका कारण उपचारमा समस्या भएको अध्यक्ष दाहाललाई जानकारी गराएको थियो ।

अस्पतालमा धेरै जसो हाड जोर्नीका बिरामी रहेका छन् । भूकम्पबाट घाइते भएका करिब पाँचसयभन्दा बढीको हाल सो अस्पतालमा उपचार भइरहेको छ ।

यस्तै अध्यक्ष दाहालले आजै काठमाडौँ मेडिकल कलेजमा उपचाररत घाइतेहको स्वास्थ्य अवस्थाका बारेमा समेत जानकारी लिनुभएको छ ।

यस्तै एमाओवादीका वरिष्ठ नेता डा बाबुराम भट्टराईले पनि आजै वीर अस्पतालको ट्रमा सेन्टरमा उपचार गराइरहेकाका बिरामीको स्वास्थ्यस्थिति र उपचारको अवस्थाका बारेमा चासो राख्नुभएको थियो ।

उहाँले घाइतेलाई प्रभावकारी उपचार गर्न अस्पताल प्रशासनलाई आग्रह समेत गर्नुभएको थियो । घाइतेले भने उपचारमा लापरवाही भएको भन्दै गुनासो गरेका थिए । रासस