४ कार्तिक २०८३, बुधबार

भूकम्प पीडितलाई राहत बाड्दै युवा संघ

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

youth-force-logoपोखरा, १८ वैशाख । नेकपा एमालेको भातृ संगठन युवा संघ नेपालले भूकम्पबाट पीडित भएका सर्वसाधारणलाई राहत वितरण गरेको छ ।

युवा संघको धौलागारी अञ्चल कमिटिको आयोजनामा धादिङको निलकण्ठ २ स्थित भुल–भुलेमा दुई लाख बराबरको खाद्यान्न, कपडा, त्रिपाल, कम्बल लगायतका राहत सामग्री वितरण गरेको हो । धादिङको विकट क्षेत्र मानिने सो गाउँमा अहिले सम्म कुनै पनि सरकारी तथा संघ सस्था उद्दारका लागि पुगेका छैनन् । यस्तो अवस्थामा युवा संघले भुलभुलेमा पहिलो पटक राहत बाँडेको हो ।

कार्यक्रममा युवा संघका महासचिव राजिब पहारी, विदेश विभाग प्रमुख सन्तोष रावल, धौलागिरी अध्यक्ष नारायण जिसी लगायतले राहत सामग्री वितरण गर्नुभयो । यस्तो विकट गाउँमा भूकम्प आएको ७ दिन बितीसक्दा पनि सरकारी संयन्त्र राहतमा अग्रसर नहुनु दुःखद भएको भन्दै विपद्को बेला सरकारको मात्रै मुख ताक्नु नहुने बताए । ‘हाम्रो संगठनले जस्तो सहयोग गरेको छ त्यो हाम्रो क्षमता अनुसार गरेका हौं, आफूसँग जे छ त्यही सहयोग गरौं भन्ने हाम्रो उद्देश्य हो,’ उनीहरुले भनेका छन् ।

कार्यक्रममा बोल्दै महासचिब पाहारीले आफ्नो संगठनले देशैभरि का युवालाई उद्दार तथा राहातमा जुट्न आग्रह गरिसकेको सोही अनुसार कार्यकर्ता परिचालित भैरहेको जानकारी दिए । उनले धादिङ भुल्भुलेका भूकम्प पीडित ५० जना बालबालिकालाई कक्षा ५ सम्म अध्ययन गर्नको निम्ति व्यक्तिगत खर्चमा ५ बर्ष सम्मको खर्च आफुले बेहोर्ने समेत घोषणा गरेका छन् ।