काठमाडौँ, १८ वैशाख । नेपाल इन्जिनियरिङ पेशाकर्मी सङ्घले महानगरपालिका र भवन विभागसँग समन्वय गरी उपत्यकाबासीका घरमा विनासकारी भूकम्पबाट भएको क्षतिको स्थिति अध्ययन गरी ती घरलाई तीन श्रेणाीमा वर्गीकरण गर्ने भएको छ ।
सङ्घले कामै नलाग्ने भएकोलाई ‘रातो’, निकै क्षति भएको तर काम लाग्ने अवस्थाका लागि ‘पँहेला’ र बस्न मिल्ने घरलाई ‘हरियो’ श्रेणीमा वर्गीकरणको योजना बनाएको छ ।
यसका निम्ति आवश्यक जनशक्तिलाई प्रशिक्षण दिएर कार्यक्षेत्रमा तत्काल खटाउने सङ्घले जनाएको छ । जसअनुसार काम नलाग्ने घरलाई सरकारले घर भत्काउन सुरु गर्ने जनाइएको छ ।















प्रतिक्रिया