४ कार्तिक २०८३, बुधबार

धराहरा ढल्दा पनि यो कस्तो खुसी ?

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Dharahara_Selfie5

काठमाडौं, १८ वैशाख । मान्छेको जातै अजिव छ । कोही रोइरहेको हुन्छ, कोही त्यही ठाउँमा बसेर रमाइरहेको हुन्छ । गत शनिवार पहिलो भुइचाँलो गैसके पछि पनि यस्तै भयो ।

नेपालमा भयानक भूकम्प जाँदा देश मात्र नभएर विश्वनै स्तव्ध भएको थियो । धराहरा ढलेर धेरै मानिसको भयो । धराहरामा यस्तो प्रलय भएपछि, कोही उद्दारमा लागेका थिए त कोही आफन्तको विलापमा चित्कार गर्दै थिए । तर त्यही ढलेको धराहरा छेउमा बसी केही मानिसहरुले उल्लास मनाइरहेका थिए । उनीहरु रमाउँदै मावाइलमा सेल्फी खिच्न तछाडमछाड गरिरहेका थिए । अझ उद्दार कार्यमा खटिएकै समेत सेल्फी फोटो खिच्ने व्यस्त रहेको लाजमर्दो अबस्था थियो ।

धराहरा ढलिसकेपछि पनि अहिले ढराहराको अवशेष फोटो खिचाउनेहरुको लहर देखिन्छ । ६ हजार भन्दा बढीको ज्यान लिइसकेको भूकम्पको पीडाले लाखौँ नेपाली र छिमेकी देशहरुसमेत मर्माहत भइरहेका बेला धरहरा अगाडिको सेल्फी तस्वीरको खवरले अन्तराष्ट्रिय मिडियालाई समेत तताएको छ । देश शोकमा डुबेको बेला सेल्फीमा रमाउनेहरुलाई केही प्रत्यक्षदर्शीहरुले भने खिस्साइरहेका थिए । कतिले यस्तो कार्यलाई घृणित भन्दै आलोचना गरिरहेका भेटिन्थे । घाइतेको उद्दार कार्यमा जुट्न छाडेर सेल्फीमा रमाउनेहरुलाई अन्तरराष्ट्रिय मिडियाहरुले समेत मानवीय संवेदना हराएकाहरु भन्दै समाचार प्रकाशन गर्न थालेका छन् ।

Dharahara_Selfie Dharahara_Selfie4 Dharahara_Selfie3 Dharahara_Selfie2 Dharahara_Selfie1