४ कार्तिक २०८३, बुधबार

रसुवामा डेढ सय पुरिएको खुलासा, सरकार अझै पुगेन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

langtang_valley_nepal

काठमाडौँ, १८ वैशाख । महाभूकम्पका कारण रसुवा जिल्लाको लाङटाङ गाउँ पूरै पुरिए पनि अहिलेसम्म सरकारी टोली पुग्न सकेको छैन ।

लाङटाङ गाविस पूर्ण रुपमा पुरिएका कारण डेढ सय भन्दा बढी मानिसको ज्यान गएको अनुमान छ । तर, शुक्रबारसम्म पनि सरकारी टोली त्यहाँ पुग्न सकेको छैन ।

नेपाल प्रहरीका प्रवक्ता कमलसिंह बमका अनुसार, मौसम प्रतिकुल रहेका कारण उद्दार तथा खोजी कार्य हुन नसकेको जानकारी दिनुभयो ।

‘डेढ सय भन्दा बढी पुरिएको अनुमान छ । सिंगो गाविस नै पुरिएकाले यति नै पुरिए भनेर अनुमान गर्न अप्ठेरो छ । प्रतिकुल मौसमका कारण उद्दार टोली पुग्न नसकेको हो । अब उद्दार कार्य सुरु हुन्छ ।’ उहाँले भन्नुभयो ।

भूकम्प गएको एक हप्ता भइसक्दा पनि सरकारी उद्दार टोली पुग्न नपुगेका कारण त्यहाँ पुरिएका सबैको ज्यान गएको हुनसक्ने अनुमान छ ।