४ कार्तिक २०८३, बुधबार

राष्ट्रिय सूचना अयोगका कर्मचारीको तलब भूकम्प पीडितलाई

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Information-aayogeकाठमाडौं, बैशाख १८ । राष्ट्रिय सूचना आयोगका कर्मचारी र पदाधिकारीहरुले आफुहरुले पाउने एक महिनाको तलव र सेवा सुविधा वापतको रकम भुकम्प पीडितलाई प्रदान गर्ने भएका छन् ।

उनीहरुले एक महिनाको तलव र सुविधा बरावरको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिदिने भएका हुन् । प्रमुख सूचना आयुक्त कृष्णहरि बाँस्कोटाको अध्यक्षतामा शुक्रवार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

यसैबीच आयोगले एक विज्ञप्ती जारी गरी सरकारी तथा गैर सरकारी विभिन्न संघसस्थाले प्रदान गरेको राहात रकम कहा, कुन प्रक्रियाबाट वितरण भैरहेको छ भन्ने समाचार प्रथामिकताको साथ सम्प्रेषण गर्न सञ्चारमाध्ययमलाई आग्रह गरेको छ ।

आयोगले संकटको यस दुःखद समयमा भ्रमपूर्ण सूचना प्रवाह नगर्न भन्दै सञ्चारमाध्ययमलाई आधिकारिक सूचना मात्र संम्प्रेषण गर्न अनुरोध गरेको छ ।

आयोगले विज्ञप्ती मार्फत दात्री निकायहरुबाट प्राप्त भईरहेको राहत सामाग्री पारदर्शी ढंगबाट वितरण गर्न समते आग्रह गरेको छ । भूकम्पले पुर्‍याएको जनधनको क्षति र पुरातात्विक महत्वका सम्पदा नष्ट गराएकोमा आयोगले दुःख व्यक्त गरेको छ ।