काठमाडौं, १८ वैशाख । भारत तथा विश्वकै चर्चित योग गुरु रामदेबले नेपालका एक हजार बालबालिकाको पालन पोषण गर्ने घोषणा गरेका छन् ।
शनिवार नेपालमा आएको विनाशकारी महाभूकम्पमा परी अनाथ भएका करिब एक हजार बालबालिकालाई पालन पोषण र शिक्षादिक्षा दिने घोषणा रामदेवले शुक्रबार गरेका हुन् ।
यो अभियानमा लाग्ने खर्च रामदेव योगा समितिले व्यहोर्ने छ । सञ्चारकर्मीसँग कुराकानी गर्दै रामदेवले नेपालमा ३० स्थानमा पतञ्जली योग समितिले राहत शिविर स्थापित गरेको बताए ।
त्यसका साथै समितिका ३० हजार स्वयंसेवक राहत तथा उद्दार कार्यमा लागेका छन् । उद्दार तथा राहतमा समितिले खाना, पानी, औषधि, कम्बल र टेन्ट समेत उपलब्ध गराएको उनले बताए ।
भूकम्पको विपत्तिमा रगतको समस्या भएपछि राजधानीको सैनिक मञ्च टुँडिखेलमा योगगुरु रामदेव सहित पतञ्जली योग समितिका अधिकांश सदस्यले रक्तदान गरेका थिए ।
उनले नेपालको भूकम्पबाट आफु किस्मतले बचेको बताएका छन् । भूकम्प आएको समयमा रामदेव योग प्रशिक्षण कार्यक्रममा बनेपा पुगेका थिए । तर उनले त्यहाँ भूकम्प आउनु एक मिनेट अगाडी प्रशिक्षण दिन नसक्ने निर्णय लिएर बाहिर आएका थिए ।
बाहिर आएको १ मिनेटमा भूकम्प आएको थियो । भूकम्पबाट उनले प्रशिक्षण दिने भनिएको घर ध्वस्त भएको छ । आफ्नो श्रीमानसँग डिभोर्स गरेर एक्लिएकी बलिउड अभिनेत्री मनिषा कोइरालाले विवाह गरेको तस्वीर सार्वजनिक भएको छ । उनले आम नागरिकलाई भूकम्प पीडितको उद्दार तथा राहतमा लाग्न समेत आग्रह गरेका छन् ।















प्रतिक्रिया