४ कार्तिक २०८३, बुधबार

भूकम्पमा मृत्यु हुनेको संख्या ६ हजार २५४ नाघ्यो

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepal Army and Indian Rescue team recovers a  dead bodyकाठमाडौँ, १८ वैशाख । शनिबारको विनाशकारी भूकम्पमा परी आज अपराह्न १ बजेसम्म छ हजार २५४ जनाको मृत्यु र १३ हजार ८४७ जना घाइते भएका छन् ।

काठमाडौँमा एक हजार १३०, भक्तपुरमा २६७ र ललितपुरमा १७१ जनाको ज्यान गुमेको छ भने काठमाडौँमा चार हजार ६३४, भक्तपुरमा एक– एक हजार ८८५ र ललितपुरमा एक हजार ८५ जना घाइते भएका छन् ।

हालसम्म काठमाडौँमा एक हजार ९२, भक्तपुरमा २६६, ललितपुरमा १७१, पूर्व क्षेत्रमा ५१, मध्यक्षेत्रमा तीन हजार ९९९, पश्चिम क्षेत्रमा ३४८ र मध्यपश्चिम क्षेत्रमा दुई जना गरी जम्मा पाँच हजार ९२९ को शव आफन्तलाई बुझाइएको प्रहरीले जनाएको छ । रासस