४ कार्तिक २०८३, बुधबार

लुम्बिनी मेडिकल कलेजद्वारा राहत सामग्री प्रदान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Lumbani-hospital– सुशिल नेपाल
पाल्पा, १८ वैशाख । लुम्बिनी मेडिकल कलेज तथा शिक्षण अस्पताल प्रभाग पाल्पाले महाभूकम्पबाट पीडित परिवारका लागि राहत सामग्री प्रदान गरेको छ ।

लुम्बिनी मेडिकल कलेजका कार्यकारी अध्यक्ष गोपालबहादुर पोखरेलले जिल्ला दैवी प्रकोप उद्धार समिति पाल्पाका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीलाई ५ सय ५३ थान त्रिपाल सहित पाँच थान रोलिड्ड म्याटे«स हस्तान्तरण गरेका हुन् ।

पाल्पाका प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीले अहिलेसम्म प्राप्त भएका राहतका नगद तथा जिन्सी सामग्री पीडित परिवारहरुलाई वितरण गर्ने काम भईरहेको बताए ।

मेडिकल कलेजका कार्यकारी अध्यक्ष गोपालबहादुर पोखरेलले भूकम्पबाट पीडित परिवारहरुलाई मेडिकल कलेजले निःशुल्क औषधी उपचारको व्यवस्था गरेको बताए ।

उनले महाभूकम्पले क्षति ग्रस्त स्थानमा घाइतेहरुको खुला चौरमा उपचार भइरहेको अवस्थामा हस्पिटल भित्र राखेर दुई सय जनाको सम्पूर्ण उपचार निःशुल्क गर्ने बताउँदै घाइते विरामी ल्याउन केन्द्रमा पहल भइरहेको बताए । मेडिकल कलेजका १४ जनाको टोलीले भूकम्पले क्षति ग्रस्त जिल्ला गोर्खामा घाइतेहरुको उपचार गरेर फर्किसकेको छ् ।