काठमाडौँ, १८ वैशाख । बुधबार र विहीबार गरी उपत्यकाबाट दुई लाख पचास हजार भन्दा बढी यात्रु बाहिरिएको प्रहरीले जनाएको छ । त्यस्तै, सोही अवधिमा तीस हजार भन्दाबढी नागरिक उपत्यका भित्रिएका छन् ।
प्रहरी प्रधान कार्यालयमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा प्रहरी प्रवक्ता कमलसिंह बमले उपत्यकाबाट बाहिरिने क्रम अत्याधिक बढेको र सो क्रम केही दिन जारी रहने देखिएको बताउनुभयो ।
बुधवार मात्रै दश हजार १२९ सवारी साधनबाट एक लाख ३१ हजार ३६४ नागरिक बाहिरिएकोमा बिहिबार साँझसम्म पनि एक लाख भन्दा बढी बाहिरिएको र बाहिरिने क्रम जारी रहेको प्रहरीले जनाएको छ । बढी भाडा असुल्ने ५८ सवारी साधनलाई कारवाही गरिएको तथा २२ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।















प्रतिक्रिया