काठमाडौं, १८ बैशाख । मारवाडी समाजका सदस्यहरुले विहीवार राति १० बजेसम्म राजधनी स्थित न्यू प्लाजाको एक घरमा हतार हतार गर्दै राहात सामाग्रीहरु राख्दै थिए । शुक्रबार फेरि एकाविहानै हतार हतार गाडिमा ति सामाग्री राखी भुकम्प ग्रसित स्थलतर्फ पठाउदै थिए ।
दुःखको यो घडीमा श्याम सेवा मण्डल मारवाडी समाज पनि भूकप्प पीडितको राहातमा जुटेको छ । मंगलबारदेखिनै राहातमा जुटेको समाजले राहात सामाग्री नपुगेको ठाउँमा आफुहरुले राहात प्रदान गर्ने बताएको छ । समाजले चामल, विस्कुट, चाउचाउ, चिउरा लगाएतका सामाग्री भूकम्प पीडितलाई वितरण गर्दै आइरहेको छ । समाज आज राहात सामाग्री लिएर सिन्धुपाल्चोक र ककनी पुगेको छ ।
आफुहरुले आजसम्म करिव एक सय बोरा राहात सामाग्री आफ्नै हातले वितरण गरेको समाजका सदस्य केशव अग्रवालले बताए । एक हजार बोरा राहात सामाग्री वितरण गर्ने लक्ष्य राखेको समेत उनले जानकारी दिए । सरकारी निकायमार्फत राहात सामाग्री प्रदान गर्दा सम्बन्धित ठाउँमा नपुग्न सक्ने भएकाले आफुहरु नै क्रियाशिल भएर वितरण गर्दै आएको अग्रवालले बताए ।
अहिलेसम्म राहात नपुगेको ठाउँमा आफुहरु पुगेर राहात प्रदान गर्ने समाजका अध्यक्ष नन्दु सिङ्गलले बताए । उनीहरुले विहीवार साङ्गा ८, ९ मा राहात वितरण गरेका थिए ।
















प्रतिक्रिया