काठमाडौँ, १८ वैशाख । संयुक्त राष्ट्र सङ्घ र युरोपेली आयोगका मानवीय सहायता विभाग हेर्ने उच्च अधिकारी नेपालमा जारी उद्धार तथा राहत कार्यक्रमको स्थलगत जानकारी लिन तथा वरिष्ठ सरकारी अधिकारीसँग भावी सहयोगबारे छलफल गर्न राजधानी आइपुग्नुभएको छ ।
मानवीय मामिला तथा आपत्कालीन राहत समन्वयका लागि संयुक्त राष्ट्र सङ्घका उपमहासचिव भ्यालेरी आमोस र युरोपेली आयोगका मानवीय सहयोग तथा विपद् व्यवस्थापन आयुक्त क्रिष्टोस स्टेलियान्डेस नेपालको तीनदिने भ्रमणमा विहीबार अपराह्न यहाँ आउनुभएको हो ।
उपमहासचिव आमोस नेतृत्वको टोलीमा मानवीय मामिला समन्वय कार्यालयका उच्च अधिकारी र आयुक्त स्टेलियान्डेस नेतृत्वको प्रतिनिधिमण्डलमा युरोपेली सङ्घका वरिष्ठ अधिकारी रहेका परराष्ट्र मन्त्रालयले जनाएको छ ।
उक्त मन्त्रालयका अनुसार दुवै टोलीले नेपाल सरकार उच्च अधिकारीहरूसँग भेटवार्ता गर्नुका साथै भूकम्पबाट प्रभावित भएका केही स्थानको स्थलगत निरीक्षण गर्नुहुनेछ । रासस















प्रतिक्रिया